दाङमा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति शौचालयबाट फरार

दाङ | कात्तिक १३, २०८०

दाङमा प्रहरी नियन्त्रणमा रहेका व्यक्ति शौचालयबाट फरार सांकेतिक तस्वीर

दाङ:    दाङमा चोरी अभियोगमा पक्राउ परेका एक कैदी फरार भएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा नियमित स्वास्थ्य जाँचको लागि लगिएको अवस्थामा शौचालय जाने बहानामा १८ वर्षीय विवेक नेपाली  फरार भएका हुन् ।


जिल्ला प्रहरी कार्यालय दाङका डिएसपी जनक मल्लले कैदी फरार भएको पुष्टि गरेका छन् ।  हिरासतमा राखिएका कैदीलाई क्षयरोगको शंका लागेपछि खकार परीक्षणका लागि प्रतिष्ठानमा लगिएको थियो । 


पाँच जना सुरक्षाकर्मी सहित अस्पताल लगिएका नेपाली भागेपछि उनको खोजी तीव्र पारिएको छ ।  उनी अहिलेसम्म फेला परेका छैनन् । प्रहरीले चोरी अभियोगमा नेपालीलाई शनिबार साँझ नियन्त्रणमा लिएको थियो ।

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्